You are viewing the translated version of आयोजनाको किसिम र प्राथमिकता.

Rule 9
आयोजनाको किसिम र प्राथमिकता
: (१) यस नियमावली बमोजिम देहायका सार्वजनिक उपयोगसँग सम्बन्धित भौतिक पूर्वाधार विकास सम्बन्धी आयोजना सञ्चालन गर्न सकिनेछ :-
(क) कोभिड-१९ वा अन्य यस्तै सङ्क्रामक रोगबाट सङ्क्रमितको पहिचान, सो रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल स्थापना, सञ्चालन र स्वास्थ्य सम्बन्धी उपकरण व्यवस्था तथा स्वास्थ्य सुविधा उपलब्ध गराउने लगायतका स्वास्थ्य पूर्वाधार सम्बन्धी आयोजना,
(ख) स्वास्थ्य चौकी, प्रसूति भवन, ब्लड बैङ्क, सामुदायिक सभागृह, बाल विकास केन्द्र, विपन्न एवं भूमिहीन नागरिकहरुको लागि आवास भवन, वृद्धाश्रम, योग केन्द्र, अनाथालय तथा पुनर्स्थापना केन्द्र निर्माण सम्बन्धी आयोजना,
(ग) सामुदायिक विद्यालय तथा महाविद्यालयको भौतिक पूर्वाधार विकास सम्बन्धी आयोजना,
(घ) कृषि उपज सङ्कलन केन्द्र निर्माण, कृषि तथा पशुपन्छी हाट बजार व्यवस्थापन तथा कृषि उत्पादकत्व वृद्धि गर्न सघाउ पुन्याउने आयोजना,
(e) नदी, गल्छी तथा पहिरो नियन्त्रण एवं सिँचाई सम्बन्धी आयोजना,
(f) खानेपानी तथा सरसफाई, फोहरमैला व्यवस्थापन तथा ल्याण्डफिल्ड साइट निर्माण आयोजना,
(छ) सडक निर्माण तथा स्तरोन्नति (सडक, सडक पुल, कल्भर्ट, ढल, काठेपुल निर्माण) सम्बन्धी आयोजना,
(ज) ऐतिहासिक, साँस्कृतिक, साहित्य; कला एवं पुरातात्विक सम्पदा र पर्यटकीय स्थलको संरक्षण, जिर्णोद्वार तथा निर्माण आयोजना,
(झ) नवीकरणीय उर्जा, लघु जलविद्युत तथा विद्युतीकरण सम्बन्धी आयोजना,
(न) रोजगारी सृजना गर्ने, उत्पादनमूलक उच्चोग स्थापनाका लागि पूर्वाधार सम्बन्धी आयोजना,
(ट) सार्वजनिक उचान तथा सभागृह निर्माण सम्बन्धी आयोजना,
(छ) _ अपाङ्गता भएका व्यक्तिको हित प्रवर्द्धन हुने आयोजना,
(ड) खेलकूद पूर्वाधार विकास सम्बन्धी आयोजना,
(ढ) बिगतमा यसै कार्यक्रम अन्तर्गत प्रारम्भ भई सम्पन्न हुन बाँकी रहेका अधुरा आयोजना,
(ग) सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्न लागेको वा गरिरहेको आयोजनामा समेत सहभागिता हुन सक्ने आयोजना ।
(२) निर्देशक समितिले उपनियम (१) बमोजिमका आयोजना छनौट गर्दा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६ । ०७७ मा छनौट भई कोभिड-१९ को सङ्क्रमणबाट उत्पन्न
परिस्थितिको कारण सम्पन्न हुन नसकेका आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गर्न प्राथमिकता दिनु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएका भए तापनि राजनीतिक दल सम्बद्ध सङ्घ, सङ्गठनको पूर्वाधार विकास सम्बन्धी आयोजना सञ्चालन गर्न, जग्गा खरिद वा मुआब्जा वितरण गर्न, सामग्री खरिद गरी वितरण गर्न, गैर सरकारी संस्था वा सहकारी संस्था मार्फत आयोजना कार्यान्वयन गर्न र भौतिक पूर्वाधार विकास बाहेक अन्य प्रकृतिका आयोजना छनौट गर्न पाइने छैन।
तर सामुदायिक विद्युतीकरणसँग सम्बन्धित सहकारी संस्था मार्फत सम्बन्धित क्षेत्रको विद्युतीकरण गर्ने आयोजना कार्यान्वयन गर्न यस उपनियमले बाधा पुग्याएको मानिने छैन ।
(४) उपनियम (१) बमोजिम आयोजना छुनौट गर्दा देहायका आयोजनालाई प्राथमिकता दिनु पर्नेछ :-
(क) स्थानीय तहको आवधिक विकास योजना, वार्षिक विकास योजना र अन्य क्षेत्रगत योजनाको प्राथमिकतामा परेका पूर्वाधार सम्बन्धी आयोजना,
(ख) श्रममा आधारित रोजगारी सिर्जना गर्ने किसिमका पूर्वाधार सम्बन्धी आयोजना,
(ग) बढी जनसहभागिता हुने पूर्वाधार सम्बन्धी आयोजना,
(घ) विपद्बाट भएको वा हुन सक्ने क्षतिलाई सम्बोधन गर्ने पूर्व तयारी र जोखिम न्यूनीकरण गर्ने पूर्वाधार सम्बन्धी आयोजना,
(ङ) स्वास्थ्य पूर्वाधार सम्बन्धी आयोजना,
(च) सम्बन्धित निर्वाचन क्षेत्रभित्रका दुई वा सोभन्दा बढी स्थानीय तहलाई लाभ पुग्ने आयोजना छनौट गर्नका लागि स्थानीय तहले अनुरोध गरेका पूर्वाधार सम्बन्धी आयोजना ।
(५) उपनियम (१) बमोजिम आयोजना छनौट गर्दा निर्देशक समितिले आवश्यक ठानेका देहाय बमोजिमका आयोजना समेत छनौट गर्न सकिनेछः-
(क) सम्बन्धित गाउँसभा वा नगरसभाबाट स्वीकृत भएको तर बजेट अभावका कारण कार्यान्वयन हुन नसकेका आयोजना,
(ख) सम्बन्धित गाउँ सभा वा नगर सभाबाट स्वीकृत भै बजेट विनियोजन भए तापनि पर्याप्त नभएको कारण बजेट थप गर्नु पर्ने आयोजना,
(ग) विपद्बाट क्षति भएका वा जोखिममा परेका र सोको पुनर्निर्माण, नियन्त्रण र रोकथामका निमित्त बजेट व्यवस्था नभएका वा बजेट व्यवस्था भए तापनि पर्याप्त नभएका आयोजना,
(घ) निर्देशक समितिले उपयुक्त देखेका पूर्वाधार विकास सम्बन्धी अन्य आयोजना ।